Incident Reports

जुवा नियन्त्रण गर्न हवाईफायर

2016-02-02

Gandaki, Gorkha, Dharche

जुवा खेल्ने विषयमा स्थानीयसँग विवाद बढ्दै गएपछि प्रहरीले चार राउन्ड हवाईफायर गरेको छ । उहियाको खोर्लाबेँसीमा भएको तातोपानी मेलामा प्रहरी र स्थानीयबीच भनाभन भएको थियो । त्यस क्रममा स्थानीयले हातपात गरेपछि प्रहरीले गोली चलाएको हो । वर्षैपिच्छे हुने तातोपानी मेलालाई जुवाको मेला पनि भन्ने गरिन्छ । जुवा, तास, कौडा, खडखडेको खाल बढेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा स्थानीयले प्रहरीलाई हातपातको प्रयास गरेका थिए । स्थानीय प्रहरीमाथि जाइलाग्न थालेपछि चार राउन्ड गोली चलाइएको प्रहरी निरीक्षक रविराराज थपलियाले बताए । झडपमा तीन प्रहरी घाइते झडपमा तीन प्रहरी घाइते भएका छन् । ‘प्रहरीले जुवा नखेल भनेर सम्झाउँदा–सम्झाउँदै अटेर गरेपछि गोली चलाउनुपर्‍यो,’ मेलामा खटिएका एक प्रहरीले भने, ‘जुवा नखेलभन्दा स्थानीय प्रहरीमथि जाइलागे ।’ स्थितिलाई नियन्त्रणमा लिन हवाईफायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । शनिबारदेखि सुरु भएको मेला १९ माघसम्म चल्नेछ । जुवा नियन्त्रणका लागि ५५ जना प्रहरी खटाइएको डिएसपी वसन्त रजौरेले बताए । खोर्लाबेँसी मेलामा यसअघिका वर्षमा पनि ठूलै रकमको जुवा हारजित हुँदै आएको स्थानीय बताउँछन् । अनुमतिविना नै मेला सञ्चालन मेला सञ्चालनका लागि कुनै जानकारी नगराइएको जिल्ला प्रशासनले जनाएको छ । परम्परागत रूपमा चलिआएको संस्कृति संरक्षणका लागि मेला आयोजना गरिएको स्थानीयले बताएका छन् । गोरखा सदरमुकामबाट तीन दिनको पैदलयात्रापछि पुगिने उहिया गाविसको खोर्लाबेँसी तातोपानीमा मेला हुँदै आएको छ। तातोपानी क्षेत्र संरक्षण तथा संवद्र्घन समितिको आयोजनामा उहियाको खोर्लाबेँसी–१ तातोपानीमा मेला भएको हो । तातोपानी क्षेत्रलाई ऐतिहासिक तथा धार्मिक रूपमा प्रख्यात गराउन मेला आयोजना गरिएको स्थानीय माइला गुरुङले बताए । सांस्कृतिक मेला हो : स्थानीय खोर्लाबेँसीको तातोपानीमा नुहाउँदा छालासम्बन्धी रोग, मुटुरोग पनि निको हुने धार्मिक आस्था रहेकाले यसलाई पर्यटकीय दृष्टिले परिचित गराउन मेलाले सघाउने स्थानीय सुवान गुरुङको भनाइ । पर्यटकीय दृष्टिले तातोपानीलाई जगेर्ना गर्ने हो भने वार्षिक १० लाख रुपैयाँ सो क्षेत्रबाट आम्दानी गर्न सकिने आयोजकको विश्वास छ । मेलामा तातोपानीको महत्त्वसम्बन्धी लोकदोहोरी, लोकनृत्य प्रस्तुत हुने बताइएको छ । त्यस्तै स्थानीय उत्पादन, कला, संस्कृति तथा खानपानका स्टल छन् । करिब १० हजार दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । मेला ०३२ देखि हरेक वर्ष भइरहेको स्थानीयको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Other
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 3
National/Online Media

0 Comments

Related Reports