Incident Reports

दुई युवतीको उद्धार

2016-01-31

Province 1, Jhapa, Bhadrapur

सिन्धुपाल्चोक जिल्लाबाट भारततर्फ लैजाँदै गरिएका दुई नेपाली युवतीलाई झापाको ‘साना हातहरू नेपाल’ नामक संस्थाले भद्रपुरबाट उद्धार गरेको छ। संस्थाका अध्यक्ष जगतबहादुर वाग्लेकाअनुसार गत आइतबार किर्तामोडबाट बस चढेर आएका सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–१४ की १८ वर्षीया रुपा पाख्रिन र कुलेखानी गाविस–७ की २० वर्षीया सरिता स्याङ्देनलाई चन्द्रगढीबाट उद्धार गरिएको हो। दुवैलाई रोजगारी दिलाउनका लागि दुवई लैजाने भन्दै मानव बेचबिखनमा संलग्न गिरोहले भद्रपुरको नाका हुँदै भारत लैजान लागेको थियो। प्रहरीको सहयोगमा चन्द्रगढीमा ती युवतीलाई सोधपुछ गर्न लाग्दा गिरोहका दलाल फरार भएको वाग्लेले बताए। उद्धार गरिएका दुवैलाई जिल्ला प्रहरी कार्यालय झापाको सिफारिसमा ‘साना हातहरू नेपाल’को भद्रपुरस्थित आश्रयस्थलमा राखिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Youth youth
Total Abducted 2
Female Abducted 2
Youth Abducted 2
National/Online Media

0 Comments