Incident Reports

सप्तरीबाट दर्जन बढी मोर्चा कार्यकर्ता पक्राउ

2016-02-03

Madhes, Saptari, Rajbiraj

जारी रहेको नेपाली काँग्रेसको राजविराज नगर अधिवेशनमा अवरोध पुर्‍याउने दर्जन बढी मधेसी मोर्चाका कार्यकर्ताहरुलाई प्रहरीले मंगलवार राजविराजबाट पक्राउ गरेको छ । सोमबार नै राजविराज नगरपालिकाको नगर अधिवेशन काँग्रेस सप्तरीले तय गरेको थियो । तर, मोर्चा कार्यकर्ताहरुको अवरोधले गर्दा सोमबारको अधिवेशन स्थगित गरी मंगलवार सारिएको थियो । मंगलवार पनि मोर्चा कार्यकर्ताहरुले अधिवेशनमा अवरोध पुर्‍याएको भन्दै मोर्चा नेता-कार्यकर्ताहरुले प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सद्भावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादव, विद्यार्थी मञ्चका राष्ट्रिय अध्यक्ष किशोरकुमार यादव, मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादव, पूर्व संयोजक एवं फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश यादव, सचिव उमेश यादव, सदस्य केदार यादव, तपलोपा सप्तरीका कोषाध्यक्ष विरेन्द्र साह, नेकपा-माओवादी मातृका समुहका जयप्रकाश यादवसहितका एक दर्जन बढी रहेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 12
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth na
National/Online Media

0 Comments