Incident Reports

रात्री मेलामा बालिका बलात्कार गर्ने दुई पक्राउ

2016-02-02

Karnali, Kalikot, Pachaljharana

कालिकोट–सिपखाना गाविस–८ निवासी २२ वर्षीय सुरेन्द्र वम र सोही ठेगाना भएका १९ वर्षीय प्रेम वुढालाई बालिका बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ। १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयका प्रहरीले उनीहरुलाई माघ २० गते पक्राउ गरी हिरासतमा राखेको हो। सोही ठाउँस्थित घर नजिकैको रमाईलो रात्रीमेलामा दुईजनाले बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा पीडितले माघ १९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो। बलात्कारपछि पीडितको जिल्ला अस्पताल कालिकोटमा उपचार तथा स्वास्थ्य परिक्षण भइरहेको प्रहरीले जनाएको छ। कालिकोटका प्रहरी प्रमुख डिएसपि किसनसिंह बुडालले सामुहिक बालात्कार गरेको भन्दै उजुरी आएपछि आरोपीहरुलाई पक्राउ गरि अनुसन्धानकालागि हिरासतमा राखिएको बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments