Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2016-02-05

Bagmati, Makawanpur, Hetauda

हेटौँडा उपमहानगरपालिका-२८ बसामाडीका २२ वर्षीय गुणराज दोङ र १९ वर्षीया प्रमिला हिमडुङलाई बहुविवाह गरेको आरोपमा प्रहरीले माघ २० गते गिरफ्तार गरेको छ । आरोतिप गुणराजको जेठी पत्नी २४ वर्षीया गंगा दोङको उजुरीको आधारमा आरोपित उनीहरूलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित गंगाले माघ १५ गते जिल्ला प्रहरी कार्यालय हेटौडामा उजुरी दिएकी थिइन् । आरोपित गुणराजले पदमपोखरीकी प्रमिलासँग पुस १९ गते दोश्रो विवाह गरेका थिए । त्यसैगरी बहुविवाह गरेको आरोपमा भैसे गाविस-६ का ३६ वर्षीय नवराज लामालाई प्रहरीले ०७२ माघ २० गते गिरफ्तार गरेको छ । अर्का आरोपित मकवानपुर गढी गाविस-३ की २३ वर्षीया सुनिता जिम्बा फरार छिन् । आरोपित नवाराजले जिम्बासँग पुस १३ गते दोस्रो विवाह गरेका थिए । आरोपित नवाराजको जेठी पत्नी ३० वर्षीया मसिनी माझीको उजुरीको आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरेको हो । पीडितले माघ १० गते जिल्ला प्रहरी कार्यालय हेटौडामा उजुरी दिएकी थिइन् । बहुविवाहका आरोपितलाई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

0 Comments