Incident Reports

मगर चलचित्र नायिका यरुनाको हत्या आरोपी पक्राउ

2016-02-02

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 7

मगर चलचित्रकी नायिका नेहा भनिने यरुना पुनको हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न रहेको भन्दै पक्राउ परेका नेहाकै गाउँले २१ वर्षीय सतीश भनिने किर्तन खड्गीलाई कास्की प्रहरीले सोमबार सार्वजनिक गरेको छ । कास्कीका प्रहरी उपरीक्षक हरिबहादुर पालले भने ‘टाउकामा लागेको चोटले मृत्यु भएको भन्ने खुलेको छ । अनुसन्धानले उक्त हत्या सतीशले गरेको भन्ने खुलेपछि पक्राउ गरेका हौं ।’ पोखरा न्यूरोडस्थित स्माइल क्याफेमा काम गर्ने १८ वर्षीया नेहाको शव पोखरा–१५ नयाँगाउँस्थित उनकै घर नजिकैको खाली ठाउँमा गत मंगलवार फेला परेको थियो । मगर चलचित्र ‘गाउला र ‘युपा’ मा अभिनय गरेकी नेहाको हत्यापछि आक्रोशित आफन्त र मगर संघले विहीवार प्रदर्शन गर्दै दोषी पक्राउ गर्न माग गरेका थिए । संघका कास्की अध्यक्ष पूर्णबहादुर रानामगरले विज्ञप्ति जारी गर्दै हत्याका दोषी तत्काल पक्राउ नगरे आन्दोलनमा जाने चेतावनी दिएका थिए । घटनापछि दबाबमा परेको प्रहरीले जिल्लाका प्रहरी नायव उपरीक्षक गजुसिद्धि बज्राचार्यको नेतृत्वमा अञ्चल प्रहरी, अञ्चल सशस्त्र गुल्म र वडा प्रहरी रामबजारका ७ सदस्यीय छानबिन टोली बनाएर संलग्नको खोजी थालेको थियो । ‘उनले काम गर्ने ठाउँ, साथीसंगत र बढि जाने ठाउँ आदिको अनुसन्धानपछि मात्रै घटनामा संलग्नको पहिचान भएको हो’, एस्पी पालले भने, ‘पक्राउ गरेपछि पनि खड्गीले घटना कसरी भयो भन्ने स्वीकारेका छन् ।’ उनी काम गर्ने क्याफेमा दिनहुँ बिहानै जाने र साँझ फिर्ने गरेकी थिइन । सोमबार बेलुकी नफिरेकी उनको शव घरनजिकैको खाली ठाउँमा कालो कपडाले छोपेर फालिएको फेला गरेको थियो । शव भेटिएको ठाउँ हेरेर प्रहरीले सुरूमा अन्तै हत्या गरी उक्त ठाउँमा ल्याएर शव फालिएको हुनसक्ने शंका गरको थियो । हत्यारा पक्राउ परेको सुनेर सोमबार गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालय बाहिर सयौंको भीड लाग्यो । भीडले कडा सजायको माग गर्दै नाराबाजी गरेको छ । यसरी भयो घटना सोमबार प्रहरीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार खड्गी पुलहाउस सञ्चालक हुन् । उनको पुल हाउसमा साथीहरूसँग आउजाउ गरिरहने नेहाका धेरै साथी केटा नै थिए । गत सोमबार साँझ आफ्नो क्याफेबाट फर्केकी नेहा खड्गीसँगै आफ्ना साथीहरूका न्युरोडस्थित ओपन टेबल रेस्टुरेन्टमा बसेकी थिइन । त्यहाँ सबैले मादकपदार्थसमेत सेवन गरेका थिए । त्यहाँबाट उठेपछि खड्गीले नेहालाई घर पुर्‍याउने भन्दै मोटरसाइकलमा लिएर गए । लेकसाइड एक फन्को लगाएर घर पुग्ने बेलामा खड्गीले नेहालाई ‘रात लेकसाइडमै कतै बसौं’ भन्ने प्रस्ताव गरे । नेहाले मानिनन् । घरनजिकै पुगेर मोटरसाइकल रोकेर पुन: प्रस्ताव गर्दा नेहाले अपशब्दले खड्गीलाई गाली गरिन् । आवेशमा आएका खड्गीले हेलमेटले हिर्काएर नेहालाई लडाए । प्रहारले ढलेपछि नेहासँग त्यहीबेला शारीरिक सम्पर्क गर्न खोज्दा कानबाट रगत बगेको देखेपछि खड्गी आत्तिए । त्यहाँ उनलाई अचेत लडेकै अवस्थामा त्यतिकै छाडेर भागेको बयान खड्गीले प्रहरीलाई दिएका छन् । घटनालगत्तै प्रहरीले खड्गीलाई नियन्त्रणमा लिइ सुरूमा पनि सोधपुछ गरेका थियो । त्यसबेला उनले नेहालाई बेलैमा घर लगेर छाडेको बयान दिएर उम्केका थिए । पछिल्लोपटक प्रमाण जुटाएपछि पुन: नियन्त्रणमा लिएपछि मात्रै खड्गीले साँचो बोलेको भनाइ अनुसन्धानमा संलग्न प्रहरी नायव उपरीक्षक बज्राचार्यको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments