Incident Reports

‘बोक्सो’ आरोपमा जलाएर हत्या

2016-02-11

Bagmati, Makawanpur, Hetauda, Ward 4

‘बोक्सो’ आरोपमा ८६ वर्षीय वृद्धलाई पेट्रोल छर्की जलााएर छिमेकीले हत्या गरेका छन् । हेटौंडा उपमहानगरपालिका–८ का वृद्ध हस्तबहादुर मगरलाई छिमेकी ६४ वर्षीय कृष्णबहादुर मगरले ‘भेदा बूढा’ को आरोपमा घरभित्रै पेट्रोल छर्केर जलाएका हुन् । कृष्णबहादुरको जीउ चिलाउने र राता खटिरा आउने समस्या थियो । वृद्धले भेदेर शरीरमा खटिरा आएको ठानेर उनले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरीका अनुसार कृष्णबहादुरले एक साताअघि राजधानीका ज्योतिषीलाई देखाएका थिए । ज्योतिषीले घर नजिकका बूढा मान्छे झाँक्री जस्तो भएको र त्यसैले मसान उठाएर लगाएकाले रोग लागेको बताएका थिए । कृष्णबहादुरले वृद्धका छोरा वीरबहादुरलाई पनि ४ वर्षअघि सुतेका बेला पेट्रोल छर्केर हत्या प्रयास गरेका थिए । वीरबहादुरले त्यतिबेला भागेर ज्यान बचाएका थिए । त्यो बेलादेखि बोलचाल थिएन । आफूलाई जलाउने प्रयासपछि वीरबहादुर कोठा भाडामा लिएर बस्न थालेकाले घरमा वृद्ध एक्लै हुन्थे । हस्तबहादुर गाउँघरमा बिरामीलाई फुकफाक गर्नुका साथै घर वरिपरिको जग्गामा खेती गर्थे । प्रहरी अनुसन्धानअनुसार पुस २८ गते राति कृष्णबहादुरको जीउ चिलाउनुका साथै खटिरा आए । उनले ज्योतिषका कुरा सम्झिए । पुस २९ गते बिहान ३ सय रुपैयाँमा एक बोतल पेट्रोल किनेर घरमा राखे । साँझ ८ बजेतिर छाप्रामा वृद्ध निदाएको मौकामा पेट्रोल छर्की आगो सल्काएर बाहिरिए । हस्तबहादुर छाप्रोसँगै जले । सुरुमा गाउँलेले जाडोमा आगो बाल्दा घरसँगै जलेर वृद्धको मृत्यु भएको ठानेका थिए । प्रहरीले मुचुल्का लेख्ने क्रममा केही स्थानीयले मृतकका छोरालाई ४ वर्षअघि छिमेकी कृष्णबहादुरले जलाएर हत्या गर्न खोजेको बताएका थिए । त्यही आधारमा प्रहरीले वीरबहादुुरसँग विगत घटनाबारे जानकारी लिएको थियो । वीरबहादुरले प्रहरीसमक्ष कृष्णबहादुरले आफूलाई जलाएर मार्न खोजेकाले बाबुलाई पनि उसैले आगो लगाएको आशंका गरेपछि प्रहरीले कृष्णबहादुरलाई मंगलबार पक्राउ गरेको हो । सोधपुछ गर्दा ‘भेदा बूढा’ भनेर आगो लगाएर जलाएको तथ्य पत्ता लागेको प्रहरी उपरीक्षक मीरा चौधरीले बताइन् । कृष्णबहादुरले ‘झाँक्री बूढा’ले आफूलाई भेदेर सधंै जीउ चिलाउने र शरीरभरि राताराता खटिरा आउने गराएकाले पेट्रोल खन्याएर जलाइदिएको प्रहरीलाई बयान दिएका छन् । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports