Incident Reports

देवरद्वारा भाउजुमाथि कुटपिट

2016-02-09

Province 1, Panchthar, Falelung, Ward 2

एकतीन गाविस- ९ का २१ वर्षीया विमला राउत अधिकारीलाई कुटपिट गरेको आरोपमा ०७२ माघ २७ गते देवर २१ वर्षीय देवर कमल अधिकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा पीडित माथि माघ २६ गते आरोपितले कुटपिट गरेका थिए । पीडितको जिल्ला अस्पताल पाँचथरमा स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ । घटनाका क्रममा सासू ६२ वर्षीया सावित्रा अधिकारीले समेत आफूलाई कुटपिट गरेको पीडितले बताईन् । पीडितका पति ३९ वर्षीया भगिरथ अधिकारीलाई समेत आरोपितहरूले कुटपिट गरी घाइते बनाएका छन् । टाउकोमा चोट लागेको उनको जिल्ला अस्पताल पाँचथरमा प्राथमिक उपचारपछि बिएससि अस्पताल विर्तामोड, झापामा रेफर गरिएको छ । पीडित पक्षको उजुरीपछि मुद्दा अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रिपेन्द्रकुमार सिंहले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Others
Secondary Cause Other types of GBV
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 2
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments