Incident Reports

सुशीललार्इ श्रद्धाञ्जली दिन बसेका युवाको हत्या

2016-02-11

Lumbini, Kapilbastu, Banganga

वाणगङ्गा नगरपालिका–१० जितपुरमा एक अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीयवासी राजेश सेनको मृत्यु भएको छ । छातीमा गोली लागी गम्भीर भएका ३७ वर्षीय सेनको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक डिल्लीराज विष्टले बताए सेन जितपुर ४ नं चोकमा नेपाली कांग्रेसले पार्टी सभापति सुशील कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न बनाएको मञ्च नजिकै बसिरहेका उनको हत्या भएको हो । मञ्चमै रहेका बेला उनलाई रातो रङको मोटरसाइकलमा आएका दुई युवकमध्ये एकले जमिन उत्रेर चार राउन्ड गोली प्रहार गरेको स्थानीयबासीले बताएका छन् । साँझ साढे सात बजे नम्बर प्लेट नभएको मोटरसाइकलमा आएका व्यक्तिले सेनमाथि गोली प्रहार गरेका थिए । गोली प्रहारसँगै स्थानीय युवाले घटनास्थल जितपुर चोकमा प्रहरीविरुद्ध नाराबाजी गरेका छन् । घटनापछि त्यहाँको स्थिति तनावपूर्ण भएको थियो । अहिले सो क्षेत्रमा यातायात बन्द रहेको लुम्बिनी अञ्चल प्रहरी प्रमुख शेरबहादुर बस्नेतले बताए । सेनको शव अहिले अञ्चल अस्पतालमा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports