Incident Reports

सभासद् राणालाई अपहरणको धम्की दिने पक्राउ

2016-02-11

Bagmati, Kathmandu, Kathmandu

सभासद् तथा ग्यालेक्सी स्कुलकी सञ्चालिका गीता राणालाई अपहरणको धम्की दिने दुई पक्राउ परेका छन् । सिन्धुपाल्चोकका प्रफुल्ल भन्ने प्रमोदराज पन्त र उनका सहयोगी प्रह्लाद श्रेष्ठ बिहीबार पक्राउ परेका हुन् । पन्तलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो । उनी सिन्धुपाल्चोकस्थित हर्स सो रिसोर्टका सञ्चालक हुन् । उनले विभिन्न व्यक्तिलाई धम्क्याएर पैसा असुल्दै आएको अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । उनले १७ वटा सिमकार्ड प्रयोग गरी फरक–फरक नम्बरबाट धम्क्याउने गरेका थिए । धनाढ्य व्यक्तिहरूलाई धम्क्याएर उनले पैसा असुल्दै आएको प्रहरीले जनाएको छ । उच्च प्रहरी, नेता तथा पत्रकारहरूको समेत धाक लगाएर पन्तले ठग्ने तथा धम्क्याउने गर्दै आएका थिए । यसअघि औद्योगिक विकास निगमको कागजपत्र किर्ते गरेको आरोपमा उनलाई जिल्ला अदालतले दुई वर्ष कैद र ९१ लाख ६३ हजार दुई सय ५४ रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । मुद्दा पुनरावेदन गरेकोमा उनी तीन लाख धरौटीमा छुटेका थिए । सिन्धुपाल्चोकको मुडेमा सञ्चालन गरेको रिसोर्टको जग्गा पनि उनले भाडा नदिई कब्जा गर्दै आएका छन् । भाडा माग्दा अपहरणको धम्की दिएको भनेर जग्गाधनी कमल खत्रीले समेत उनीविरुद्ध उजुरी दिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments