Incident Reports

मानव बेचबिखनको घटनाका आरोपित गिरफ्तार

2016-02-12

स्याउले गाविस- १ का ४५ वर्षीय जोकमेयर लामालाई २०७२ माघ २८ गते मानव बेचविखनको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले गोल्चे गाविसका एक महिलालाई २०७० वैशाखमा विदेशमा पुर्‍याई बेचेको आरोप छ । पीडित पक्षले २०७० भदौ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए । आरोपित मध्य अर्का एक जनालाई प्रहरीले यस अघि गिरफ्तार गरेको थियो । आरोपित लामा भने फरार रहेका थिए । गिरफ्तारी लामालाई माघ २८ गते जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।

0 Comments