Incident Reports

बैंक कर्मचारीको घरमा लुटपाट

2016-02-01

Madhes, Rautahat, Durga Bhagwati

रौतहटको मतसरी-४ मा नाकबधारी एक समूहले नेपाल बैंकमा कार्यरत कर्मचारी नविन झाको घरमा लुटपाट गरेका छन्। करिब २० जनाको संख्यामा आएका हतियारधारी समूहले सोमबार मध्यरातमा लुटपाट गरेको रौतहटका एसपी गणेश रेग्मीले जानकारी दिए। उनका अनुसार सुनचाँदी र नगदसहित करिब दुई लाख बराबरको सम्पत्ति लुटपाट भएको छ। लुटेराहरुले पर्खाल नाघेर घरभित्र प्रवेश गरेका थिए। घरको ढोका फाडेर उनीहरु झाका २२ वर्षीय छोरा सरोजकुमार झालाई कुटपिट गरी नियन्त्रणमा लिएका थिए। उनीहरुले झाकी श्रीमती सरिता देवीलाई पनि कुटपिट गरेका छन्। कुटपिटबाट छोराको टाउकोमा गम्भीर चोट लागेको छ। स्थानीयहरुले प्रतिकार गर्न खोजेपछि लुटेराहरु हवाइ फायर गर्दै भागेको स्थानीयलाई उद्धृत गर्दै एसपी रेग्मीले जानकारी दिए। उनीहरुको खोजीकार्य तीव्र पारिएको उनले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Robbery
Weapons Sharp weapon , Small arms
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports