Incident Reports

व्यवसायीको आन्दोलनले पोखरामा यातायात ठप्प

2016-02-17

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 7

पोखरामा नयाँ नगर बस सञ्चालनमा आएको विरोधमा उत्रिएका यातायात व्यवसायीले आजदेखि गण्डकी अञ्चलमा चक्काजामको घोषणा गरेका छन्। बन्दका कारण यातायात सेवा ठप्प हुदा यात्रुहरु मर्कामा परेका छन्। बुधवार पोखरा नगर क्षेत्रमा सञ्चालन हुने र पोखराबाट छुट्ने सार्वजनिक सवारी बन्द हुदा यात्रु मर्कामा परेका थिए। गण्डकी अञ्चल अनिश्चितकालिन आम चक्काजामको घोषणाले बिहान देखि नै पोखराम यातायात्र ठप्प छ। पोखरा नगर क्षेत्रमा सञ्चालन हुने गरी विन्ध्यावासिनी बस ब्यवसायी समिति अन्तर्गतका तीन वटा नयाँ बसले रुट इजाजत पाएपछि पुराना व्यवसायी आन्दोलित भएका हुन्। नयाँ समितिको रुट इजाजत खारेज हुनुपर्ने, प्रहरीले प्रक्राउ गरेका व्यवसायीलाई छाड्नु पर्ने लगायतका माग पुरा नभए सम्म आन्दोलन फिर्ता नहुने गण्डकी अञ्चल समन्य समितिका प्रवक्ता योेगेन्द्र क्षेत्रीले बताए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनपछि यातायात ब्यबस्था विभागको पत्रका आधारमा यातायात ब्यबस्था कार्यालय गण्डकीले माघ १८ गते नयाँ समितिलाई बस सञ्चालनको रुट ईजाजत प्रदान गरेको थियो। नयाँ समितिका ३ वटा बस छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Program Interference/Obstruction
Secondary Form Vandalism
Weapons None
Primary Cause Other economic issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports