Incident Reports

कालोबजारी गर्न घरमै १४ हजार अँट्ने तेल ट्याङ्की

2016-02-18

Bagmati, Kathmandu, Kirtipur

घरमै १४ हजार ५ सय लिटर इन्धन अट्ने रिजर्भ टयांकी बनाएर कालोबजारीमा संलग्न व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। कीर्तिपुरस्थित टयांलाफाँटमा रोडा, बालुवा व्यपारी दिनेश महर्जनलाई पक्राउ गरेको हो। अभियुक्त महर्जनले १८ आना क्षेत्रफलमा टयांकी बनाएर पेट्रोलको कालोबजारी गर्दै आएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए। उनका अनुसार आरजे सप्लायर्सका सञ्चालकसमेत रहेका महर्जनले नाकाबन्दीको फाइदा उठाइ डिजेल, पेट्रोलको कालोबजारी गर्ने गरेको उनले बताए। नाकाबन्दी खुले पनि अभियुक्त महर्जनले १४० रुपैयाँमा पेट्रोल बिक्री गर्ने गरेको उनले बताए। पर्साको ठोरी, कपिलवस्तुको कृष्णनगर र नौबिसेस्थित आयल निगमको डिपोबाट पेट्रोल आपूर्ति गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। पेट्रोलमा हाल्ने मेसिनसमेत जडान गरी लामो समयदेखि कालोबजारी गर्दै आएको अनुसन्धानमा उल्लेख छ। पम्पबाट ११ सय लिटर पेट्रोलसमेत बरामद गरेको उनले बताए।


नक्कली ‘किट’ बेच्ने पक्राउ, सानेपास्थित सेरोल्याब नेपाल ट्रेडर्सका सञ्चालक किरणकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई एचआईभी जाँच गर्ने नक्कली किट बेचेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। इटालीमा उत्पादित कम्पनीको सक्कली स्टिकर टाँसेर चीनमा उत्पादित किट बिक्री गरेको आरोपमा उनलाई पक्राउ गरेको ललितपुर प्रहरी परिसरका एसएसपी पीताम्बर अधिकारीले जानकारी दिए। ‘आफ्नै घरमा कम्प्युटर, प्रिन्टर राखी स्टिकर बनाएर बट्टामा इटालीमा निर्माणाधीन कम्पनीको नाम टाँसेर बजारमा बिक्री गर्दो रहेछ,’ उनले भने, ‘विशेषगरी सेना, विदेश जानेलाई बिक्री गरेको पाइएको छ।’ इटालियन कम्पनी ‘एडालटिस’ नामको ‘ट्रेड मार्क’ प्रयोग गरी उनले किट आपूर्ति गर्ने गरेको अधिकारीले बताए। श्रेष्ठको बयानमा चीनको छेन्जुस्थित अटोबायो डाइग्नोस्टिक कम्पनीबाट एचआईभी टेस्ट गर्ने आपूर्ति गर्ने गरेको खुलेको छ। चीनबाट २ हजार रुपैयाँमा ल्याएको किट इटालियन कम्पनीको नाम राख्दै ६ हजार रुपैयाँमा बेच्ने गरेको प्रहरी अनुसन्धानमा छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अभियुक्त श्रेष्ठले सेनाको वीरेन्द्र सैनिक अस्पताललगायतमा किट आपूर्ति गर्ने गरेको पाइएको छ। प्रहरीले ल्याबमा छापा मारी २१ थान किट र कम्प्युटर बरामद गरेको छ। एसएसपी अधिकारीका अनुसार प्रेसिअस नानो सेन्टर नाममा सेना तथा अन्य अस्पतालमा श्रेष्ठले किट बिक्री गर्थे। रसायन तथा मेडिकल आपूर्ति महासंघका अध्यक्ष भक्त हमालले सरकारले सूक्ष्म अनुसन्धान गरी गिरोहमाथि छानबिन गर्नुपर्ने बताए। रसायन तथा मेडिकल आपूर्ति महासंघमा करिब १ सय २० भन्दा बढी व्यवसायी आबद्ध रहेको हमालले बताए। अध्यक्ष हमालका अनुसार श्रेष्ठ भने संघमा आबद्ध छैनन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Black Marketing
Weapons None
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Private company
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments