Incident Reports

​श्रीमतीको हत्या गरि श्रीमानले गरे झुन्डिएर आत्महत्या

2016-02-20

Province 1, Jhapa, Birtamod

झापाको बिर्तामोड नगरपालिका-२ निवासी एक व्यक्तिले शनिबार श्रीमतीको हत्या गरि आफू झुन्डिएर आत्महत्या गरेका छन् । बिर्तामोड नगरपालिका–२ चारपाने निवासी ६० वर्षका तनबहादुर राजवंशीले ३५ वर्षकी श्रीमती शान्तिकुमारी राजवंशीको धारिलो हतियार प्रहार गरि हत्या गरेर आफू घरको बलोमा झुन्डिएर अत्महत्या गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक जनार्दन घिमिरेका अनुसार राजवंशीले श्रीमतीलाई घाँटीमा खुकुरी प्रहार गरि हत्या गरेपछि कोठाभित्रको बलोमा झुन्डिएर उनले पनि आत्महत्या गरेका थिए । के कारणले श्रीमतीको हत्या गरी राजवंशीले आत्महत्या गरे खुल्न नसकेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Suicide
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments