Incident Reports

No translation available.

2012-09-11

Binod Pande

साईगाँउ-४ की छ महिनाकी गर्भवती १७ वर्षीया साबाना अप्साना कबडियालाई ससुरा ४५ वर्षीय इद्रिस कबाडियाले ०६९ भदौ २३ गते कुटपिट गरी घाइते बनाएका छन् । कुटपिटबाट घाइते सबनाको गर्भमा रहेको बच्चालाई गम्भीर असर परेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । सबनाको हाल भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । छोरी पिटिएको थाहा पाएर बचाउन गएका सवनाको बुबा इसाक कबडियामाथि समेत कुटपिट भएको स्थानीयले बताएका छन् । कुटपिटबाट इसाकको निधारमा चोट लागेको छ । इसाक आफ्नो घर छेउमै घर भएकी छोरी पिटिएको थाहा पाएर बचाउन गएका थिए । छ महिनाअगाडि हालका पति मोहम्मद अहम्मद राईले घरमा कोही नभएको अवस्थामा ती किशोरीलाई जबरजस्ती करणी गरेको र उनी गर्भवती भएको थाहा पाएपछि सो कुरालाई बाहिर आउन नदिन ०६९ भदौ १२ गते गाउँमा मुस्लिम संस्कृति अनुसार विवाह गराइएको पीडितका बुवा इसाकल बताए । विवाह भएको केही दिनपछि नै आफूलाई पतिले कुटपिट गर्न सुरु गरेको पीडित सबनाले बताइन् । घटनाको एक दिनअगाडि मात्र सबनाको पति भारत गएको र साबानालाई ससुरा इद्रिसका साथै काकाससुरा नाता पर्ने मुवारक कवाडिया र मुजम्मिल कवाडियाले समेत पिटेको स्थानीय सब्बिर राईले बताए । यसैबीच, जिल्ला प्रहरी कार्यालयले पीडितको उजुरीको आधारमा घटना भएको दिन नै पीडितका ससुरा इद्रिस कवाडियालाई गिरफ्तार गरेको र अन्य दुई अभियुक्त फरार रहेको बताएको छ । घाइते सबनालाई पनि प्रहरीले नै उद्धार गरी अस्पताल ल्याएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको र दोषीलाई कारबाही हुने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी विक्रम सिंह थापाले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis