Incident Reports

बहुविवाह घटनाका आरोपितहरू गिरफ्तार

2016-02-25

Bagmati, Sindhupalchok, Balefi, Ward 6

मांखा गाविस-७ का २६ वर्षीय दलबहादुर तामाङ र उनकी कान्छी पत्नी २६ वर्षीय सुशीला तामाङलाई बहु-बिवाह गरेको आरोपमा फागुन १३ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित धनकुमारी तामाङले पति दलबहादुरले २०७२ माघ १९ गते उदयपुर जिल्ला भलाडाडाँ गाविस -७ की सुशीला तामाङसँग बहुविवाह गरेको आरोपमा फागुन १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आरोपितहरूसँग सम्पर्क गर्दा फेसबुकमार्फत प्रेम सम्बन्ध भएकोले विवाह गर्न बाध्य भएको दलबहादुर तामाङले बताए । आरोपित दवैलाई अनुसन्धानको लागि हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

0 Comments