Incident Reports

कुराकानी गरेको भन्दै विद्यार्थीलाई कुटपिट

2016-02-24

Lumbini, Banke, Rapti Sonari

महेन्द्रनगरस्थित ब्राइट लाइन इन्स्टिच्युटका शिक्षकले पढाइ भइरहेका बेला कुराकानी गरेको भन्दै विद्यार्थीलाई निर्घात कुटपिट गरेको खुलेको छ । बुधबार शिक्षकको पिटाइबाट एक विद्यार्थीको आँखामा गम्भीर चोट लाग्नुका साथै अन्य दुई जना घाइते भएका थिए । उनीहरूमध्ये एउटाको हात सुन्निएको छ । अर्काको पिठ्युँभरि नीलडाम छन् । ‘गणित विषयको पढाइ भइरहेको थियो,’ बिहीबार गेटा आँखा अस्पतालबाट फर्केपछि घाइते सन्दीप भट्टले भने, ‘किन बोलेको भन्दै धेरैबेर बसेकै ठाउँमा आएर पिट्यो । त्यसपछि अगाडि बोलाएर पिट्यो र अन्तिममा अगाडिबाटै हानेको लठ्ठी मेरो आँखामा लाग्यो ।’ उनका अनुसार गणित विषयका शिक्षक जनक पन्तको पिटाइबाट एसएलसी ट्युसन प्याकेजमै अध्ययनरत विद्यार्थी प्रमोद भट्टको हात सुन्निएपछि तत्काल अस्पताल पुर्‍याइएको थियो । अर्का विद्यार्थी विवेक भट्टको पनि पिठ्युँभरि नीलडाम छन् । शिक्षकले अगाडि पढाइरहेकै बेला हिर्काएको लठ्ठी लागेर १५ वर्षीय सन्दीपको आँखाको परेली काटिएको छ । भित्र नानीमा पनि गम्भीर चोट लागेको छ । गेटा आँखा अस्पतालका डाक्टरले बाहिरी घाउ निको भएपछि शल्यक्रियाका लागि बोलाएको उनले बताए । ‘एकपटक अप्रेसन गरेर औषधि दिएर पठाएको छ,’ बालबालिकाका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था सिविन नेपालका प्रतिनिधिहरूलाई छोराको अवस्थाबारे जानकारी दिँदै सन्दीपका ठूलो बुबा जयराज भट्टले भने, ‘फेरि २ पटक अप्रेसन गरेपछि मात्रै केही भन्न सकिने डाक्टरले बताएका छन् ।’ उनले विद्यार्थी कुट्ने शिक्षकलाई कारबाहीको माग गर्दै जाहेरी दिने तयारी गरेको बताए । सन्दीपका अनुसार आँखामा चोट लागेपछि शिक्षक पन्त बाहिरिएका थिए । कति चोट लागेको छ भनेर हेर्नसमेत नआएको उनले बताए । ‘पछि मलाई गेटा लैजाँदा उनी पनि सँगै थिए,’ उनले भने, ‘तर बीचमै उत्रेर कहाँ गए, थाहा भएन ।’ सन्दीपलाई उनको परिवारलाई समेत जानकारी नदिएर अस्पताल पुर्‍याइएको थियो । पिटाइबाट घाइते प्रमोद र विवेकलाई ट्युसन सेन्टरकै शिक्षक राम कँुवरले अस्पताल पुर्‍याएका थिए । सन्दीपको चोट लागेको आँखा खोल्न सकिने अवस्था छैन । आँखा पुरै सुन्निएको छ । गेटा आँखा अस्पतालका चिकित्सकहरूले आँखाको दृष्टि गुम्न सक्ने खतरा रहेको जानकारी दिएको बुबा जयराजले बताए । सन्दीप गत असोजमा एसएलसीको तयारी गर्न बैतडीको कैलपाल ६ दानखोलाबाट भीमदत्त १५ गोबरियास्थित ठूलो बुबाको घरमा आएका थिए । विद्यार्थीलाई पिट्ने शिक्षक पन्त बुधबारदेखि नै फरार छन् । उनी ट्युसन सेन्टरको प्रशासनसँग पनि सम्पर्कमा छैनन् । ‘मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन छन्,’ शिक्षक देवदत्त पन्तले भने, ‘घटना भएदेखि नै सम्पर्कमा छैनन् ।’ सिविन नेपालले ट्युसन सेन्टरका सञ्चालकहरूसँग पनि अन्य घाइते विद्यार्थीको अवस्थाबारे जानकारी लिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 3
Youth Injured 3
National/Online Media

0 Comments