Incident Reports

हराएकी बालिका मृत फेला

2016-02-28

Madhes, Parsa, Birgunj

आफ्नै पसलबाट हराएकी १५ महिने बालिकाको शव फेला परेको छ । वीरगन्ज उपमहानगरपालिका–१९ रजतजयन्ती चोकस्थित आफ्नै पसलबाट हराएकी रुपाकुमारी आज पसलभन्दा केही पर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बिहीबार साझ करिब ६ बजेतिर स्तनपान गराएर पसलसँगै रहेको घरमा सुताएकी छोरीलाई पसल बन्द गरेर राति ९ बजे हेर्दा त्यहा“ नदेखेपछि चारैतिर खोजबिन सुरु गरेकी अनितादेवीले आफ्नो छोरी नभेटेपछि राति नै प्रहरीलाई उजुरी गरेकी थिइन् । बालिकाको हत्यामा संलग्न हुन सक्ने सूचनाका आधारमा अनितादेवीका पति सुनिल यादव र पूर्वपति देवेन्द्र यादवलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनिताले देवेन्द्रसँग वैवाहिक सम्बन्धबिच्छेद गरी सुनिलसँग दोस्रो विवाह गरेकी थिइन् । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Abduction
Weapons None
Primary Cause Unclear
Secondary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments