Incident Reports

आधा जलेको शव पोस्टमार्टम

2016-02-29

Sudurpashchim, Baitadi, Pancheshwar

गिरेगाडा ५ मा एक युवतीको शव आधा जलेको अवस्थामा पोस्टमार्टम गरिएको छ । हत्याको शंका गर्दै उजुरी परेपछि २२ वर्षीया गुनी चन्दको शव परीक्षण गरिएको हो । उनका पति धनी चन्द, ससुरा जयबहादुर र सासू जानकीसहित स्थानीय नारद चन्द र त्रिलोकी चन्दलाई प्रहरीले गत बिहीबार नियन्त्रणमा लिएको छ । ससुरा जयबहादुर उनको किरिया बसेका थिए । मृतकका बुबा गिरेगाडा ८ बलाराका गोपी चन्दले दिएको उजुरीका आधारमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नारद र त्रिलोक घटना मिलाउने प्रयासमा थिए । भारतको देहरादुनमा रहेका गुनीका दाजु रमेशलाई टेलिफोनमार्फत् रगत बान्ता गरेर गत सोमबार राति उनको मृत्यु भएको बताइएको थियो । उनले बलारास्थित घरमा खबर गरेपछि मंगलबार बिहान मृतकका बुबा गोपी छोरीको घर पुगेका थिए । दाहसंस्कारका लागि लाने बेला छोरीको शव हेर्न खोज्दा नदिइएको उनले बताए । शव जलाउँदै गर्दा घाटमा पुगेको माइती पक्षले चिता निभाएर शवको फोटो खिचेका थिए । टाउको र मुखमा रगत बगेको तथा घाउ देखेपछि माइती पक्षले हत्याको शंका गरेको हो । माइतीको सूचनाका आधारमा उक्त शव प्रहरीले शुक्रबार पोस्टमार्टमका लागि सदरमुकाम ल्याएको हो । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको डीएसपी मोहनप्रसाद पोखरेलले बताए । ‘माइती पक्षले शव फालेको अवस्थाबारे बताएपछि पोस्टमार्टमका लागि ल्याइएको हो,’ उनले भने ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments