Incident Reports

बलात्कार घटनाका दाेषीलाई ६ वर्ष जेल तीन लाख क्षतिपूर्ति माग

2016-02-28

Bagmati, Chitawan, Ratnanagar, Ward 7

५२ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा एक अभियुक्तलाई ६ वर्षकैद र ३ लाख क्षतिपूर्ति भराउने सजाय फैसला भएको छ । अर्को अभियुक्तको हकमा भने २५ दिन कैद तोकिएको चितवन जिल्ला अदालतका न्यायाधीश टेकनारायण कुँवरले जानकारी दिए । गत साउन ६ गते माडी नपा-१२ बस्ने स्थानीय १७ वर्षीय सुशील बोटेले बलात्कार गरेको भन्दै पीडितको पतिले साउन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सुशीललाई अदालतको आइतबारको फैसलाले ६ वर्षकैद र ३ लाख क्षतिपूर्ति माग गरेको छ । सोही समयमा आरोपित सुशील बोटेसँगै रहेका १७ वर्षीय राम बोटे भने घर बाहिर हेरचाहका लागि बसेको भन्ने पीडितको उजुरीका आधारमा जम्मा २५ दिन मात्र सजाय तोकिएको छ । आरोपित दुवै जनालाई साउन ६ गते नै प्रहरीले गिरफ्तार गरेको थियो । पीडितको साउन ७ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments