Incident Reports

पत्नीको हत्या प्रयास गरेको आरोपमा गिरफ्तार

2016-02-27

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 6

झापा जिल्ला बिर्तामोड नपा-२ घर भई पोखरा उमनपा-६ डिहीकोपाटन बस्ने ३० वर्षीया कमला कटेललाई खुकुरी प्रहार गरी हत्या प्रयास गरेको अरोपमा पति ३६ वर्षीय उदय कटेललाई फागुन १६ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले फागुन १५ गते राती आपसी विवादका क्रममा पत्नी कमलालाई खुकुरीले प्रहार गरी घाइते बनाएको अवस्थामा छिमेकीले राती नै उद्दार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगेका थिए । पत्नीलाई हत्या प्रयास गरेको भन्दै छिमेकीले प्रहरीमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनायो । घाइते पत्नीको अस्पतालको आइसीयु कक्षमा उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments