Incident Reports

सफारी चालक र यात्रुमाथि टेम्पोको आक्रमण

2016-02-29

Province 1, Sunsari, Dharan

टेम्पो र सिटी सफारीबीचको विवादले पछिल्लो समय उग्ररुप लिँदै गर्दा यात्रुसहित सफारी चालकमाथि मरणासन्न हुने गरी कुटपिट भएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आफन्त लिएर घर जादै गर्दा सफारी चालक शिवकुमार राई र यात्रु देशकुमार राईमाथि गम्भीर आक्रमण भएको हो। आक्रमणकारी युवा टेम्पो चालक नभई टेम्पो संघले पैसा दिएर सफारी चालकलाई तर्साउन राखेका गुण्डाहरु भएको सफारी चालकहरुको आरोप छ । हातमा ढुंगा लिएर आएका तीन युवाहरुले जथाभावी प्रहार गर्दा दुवै जना घटनास्थमा नै बेहोस भएका थिए। सफारी चालक शिवको टाउकोमा दुई ठाउँमा काटेको छ भने अनुहार र शरीरको विभिन्न भागमा चोट छ। यात्रु देशकुमारको आँखा र टाउकोमा चोट छ । घटना बीपी प्रतिष्ठानको मुल गेटबाहिर सोमबार दिउँसोको हो । सफारी रोकेर विरामीको औषधि खरीद गर्ने क्रममा आक्रमण भएको घाइतेहरुले बताएका छन् । देशकुमार डिस्चार्ज भएर घर गइसकेका छन् भने चालक शिवको प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइते चालकका अनुसार हात र खुट्टा फ्रयाक्चर भएका आफन्तलाई लिएर घर जाने क्रममा आक्रमण भएको हो। आक्रमणकारी युवाहरुले हामीलाई नसोधी मान्छे बोक्न पाउदैनस् भन्दै एक्कासी आक्रमण शुरु गरेका थिए । 'मैले नै बिहान बीपीमा पुर्याएको थिएँ, दिउँसो पनि लैजान लागेको थिए । परिवारकै मान्छे हुन भन्दा पनि उनीहरु आएर तैले लैजान पाउदैनस भनेर ढुंगा टिपेर हिकाउन थाहिल्यो । म त बेहोस भएछु', चालक शिवकुमारले भने। उनी विशाल यातायात अटो प्रालिको सफारी चालउछन्। खुट्टा भाचिएका दाईको टाँका खोलेर फर्कने क्रममा टेम्पोका मान्छेहरु आक्रमण गर्न आउदा हामी परिवारकै मान्छे भन्दा भन्दै पनि आक्रमण गरेको यात्रु देशकुमारले बताए । 'सम्झाउन खोज्दै थिएँ, मेरो कुरा नै नसुनी ढुंगा टिपेर हान्न थाल्यो, म पनि बेहोसै भएछ । एक जनाले तानेर जोगाएछ', उनले भने। एक स्थानीय एवं प्रत्यक्षदर्शीका अनुसार टेम्पो मालिक र केही चालकहरु मिलेर सफारी चल्न नदिन ती युवाहरुलाई पैसा दिएर राखिएको छ । एक टेम्पोबाट ती युवाहरुले दिनको २० रुपैयाँ भत्ता पाउछन्। उनीहरुको काम भनेको त्यो रुटमा मान्छे बोकेर सफारी चल्न नदिने र मान्छे बोकेमा रोकेर उतार्ने हो । खासगरी कोशी टेम्पो सिण्डिकेटले ती युवा परिचालन गरेको विशाल अटो यातायात प्रालिका कोषाध्यक्ष सुरेन राईले बताए । आक्रमणकारीहरुमध्ये एक जना धरान ११ बस्ने दिपेन राई भएको खुलिसेको छ। घाइते चालकले उनीविरुद्ध किटानी जाहेरी दिएका छन् । आरोपित युवा फरार छन् । घटनामा संलग्नहरुको खोजी तीब्र पारिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक रमेशकुमार श्रेष्ठले बताए । धरानमा सफारी सञ्चालनमा ल्याउने तयारी भएदेखि नै टेम्पो चालक एवं संघ र सफारी सञ्चालकहरुबीच विवाद शुरु भएको थियो । आफूहरुलाई पेशाबाट विस्थापित गराउन केही व्यापारी र राजनीतिक दलका नेताले सल्लाह नगरी सफारी सञ्चालनको अनुमति दिएको भन्दै टेम्पो चालकहरुले विरोध जनाएका थिए । विवाद चर्कै गर्दा दुवै पक्षले विरोध र्याली निकाल्नेदेखि आक्रमण गर्नेसम्मका घटना दोहोरिन थालेको छ । सफारीको रुट परमिट नभएकोले पनि टेम्पो चालकसँग स्टेण्ड र रुटको कारण सफारी चालकको दिनहुजसो झगडा भइरहन्छ । धरान उपमहानगरपालिकाले यो वर्ष ७० वटा मात्र सफारीको रुट कायम गरी दर्ता सिफारिश गर्ने निर्णय गरेपनि अहिले धरानमा ५ सय बढी सफारी गुडिरहेको छ । दर्ता र अनुमति विना बग्रेल्ती चलेका सफारीले ट्राफिक समस्यासमेत निम्त्याइरहेको छ । सफारी चालकहरु बालकदेखि वृद्धसम्म भएकोले उनीहरुलाई ट्राफिक नियमसमेत थाह छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Total Injured 2
National/Online Media

0 Comments

Related Reports