Incident Reports

रक्सी नदिएको रिसमा युवतीको हत्या

2016-03-01

Karnali, Rukum West, Chaurjahari

खोलागाउँ– ५ सर्केनाकी १७ वर्षीया सुस्मिता शाहको हत्यामा संलग्न तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ । रक्सी नदिएको रिसमा उनको हत्या भएको प्रहरीको दाबी छ । जिल्ला प्रहरी कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरी खोलागाउँ– ५ सर्केनाकै २५ वर्षीय यामबहादुर परियार, १६ वर्षका ज्ञानेन्द्र राना र १५ वर्षका प्रेम खड्कालाई सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रूपेश खड्काले उधारो रक्सी नदिएपछि सुस्मिताको हत्या भएको बताए । हत्याको ४४ दिनपछि प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको हो । ४ माघमा सुस्मिताको हत्या भएको थियो । सर्केना सामुदायिक वनबाट दाउरा लिएर घर फर्कंदै गरेकी शाहको बेलुकी साढे ६ बजे हत्या भएको थियो । दिनभर सुस्मिताको पसलमा बसेर रक्सी खाएका परियार, राना र खड्काले बेलुकी बाटो ढुकेर हत्या गरेको दाबी प्रहरीको छ । ‘दिउँसो उनकै पसलमा बसेर रक्सी खाएछन्, पछि गएर उधारो रक्सी माग्दा सुस्मिताले दिन नमानेको र रक्सीकै सुरमा उनको हत्या गरेको अनुसन्धानबाट खुलेको छ,’ प्रनाउ खड्काले भने । जंगलबाट दाउरा बोकेर आइरहेकी सुस्मितालाई साँघुरो र अप्ठ्यारो बाटोमा रोकी उनकै सलले घाँटी कसेर हत्या गरेको खुलेको पनि प्रहरीले जनाएको छ । घटनामा अन्यको पनि संलग्नता हुन सक्ने खड्काले बताए । घरनजिकै घटना भए पनि लामो समय हत्यारा पत्ता लाग्न नसकेको भन्दै प्रहरी प्रशासनको आलोचना भएको थियो । घटनाको विषयमा जानकारी लिन अन्तरपार्टी महिला सञ्जालको नेतृत्वमा जिल्लास्तरीय अधिकारकर्मीको टोली घटनास्थल पुगेको थियो । घटनाको विरोधमा सदरमुकाममा र्‍यालीसमेत निकालिएको थियो । मानवअधिकार रक्षक सञ्जालले हत्यारा सार्वजनिक गर्न माग गर्दै दुईपटक प्रहरी चौकी सर्केनामा धर्ना दिएको थियो । सुस्मिताको सामूहिक बलात्कारपछि हत्या भनिए पनि त्यसको पुष्टि भइनसकेको प्रहरीले बताएको छ । केन्द्रबाट रिर्पोट आई सामूहिक बलात्कार हो–होइन भन्न नसकिने प्रहरीको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments