Incident Reports

हजुरबुबाले पटक पटक करणी गर्दा युवती गर्भवती

2016-02-27

Province 1, Dhankuta, Dhankuta, Ward 1

हजुरबुबाको करणीबाट धनकुटा नगरपालिका १ की एक युवती गर्भवती भएकी छिन् । १८ वर्षे युवती (नाम सार्वजनिक नगरिएको) लाई काईलो हजुरबुबा धनबहादुर राईले ललाई फकाई पटकपटक शारिरीक सम्पर्क गरेको प्रहरी अनुसन्धानले देखाएको छ । सुस्तमनस्थितीका ती युवतीलाई गएको साउन १५ गतेदेखि २२ गतेसम्म पटकपटक करणी गरेको हजुरबुबा धनबहादुरले प्रहरीमा बयान दिएका छन् । फागुन १६ गते पेट दुखेको कारण उपचार गराउन जिल्ला अस्पताल धनकुटा आएकी युवतीको पेटमा ३० हप्ताको गर्भ देखिएको थियो । डाक्टरको यो रिपोर्टपछि आफन्तहरुले सोधखोज गर्दा आफ्नै काईलो हजुरबुबाको करणीबाट गर्भ बसेको ती युवतीले बताएकी थिईन । करणी गरेको विषयमा कसैलाई जानकारी दिए ज्यान मार्ने धम्की दिएकाले कसैलाई भन्न नसकेको उनले बताएकी छिन् । युवतीको बयान पछि धनबहादुरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको धनकुटाका प्रहरी उपरीक्षक विभुतीराज पाण्डेले जानकारी दिनुभयो । उनलाई हाड्नाता र जर्बजस्ती करणी मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ । ती युवतीलाई पाँच बर्ष पहिले पनि जर्बजस्ती करणी गरेको अभियोगमा उनका कान्छा हजुरबुबा कमलबहादुर राई जेल परेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Morang

0 Comments