Incident Reports

नगरकोट पुर्‍याएर युवतीको हत्या

2016-03-02

Bagmati, Bhaktapur, Changunarayan

कपनकी १९ वर्षीया भेनिसा लिम्बूको नगरकोट पुर्‍याएर हत्या भएको खुलेको छ । नगरकोट नगरपालिका ११ मुहानपोखरीस्थित सडकमुनि रहेको बाँझको झ्याङमा शुक्रबार लिम्बूको शव भेटिएको थियो । धनकुटा घर भई कपन बस्ने लिम्बू चाबहिलको लुम्बिनी कलेजमा १२ कक्षामा अध्ययनरत थिइन् भने कालोपुलको हेलिटेज स्कुलमा पढाउने कामसमेत गर्थिन् । जबर्जस्ती कपडा लगाइदिएकोजस्तो अवस्थामा उनको शव भेटिएको थियो । अनुसन्धानका लागि भक्तपुर प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । घरबाट हराएको भन्दै उनको परिवारले गत १२ फागुनमा महानगरीय प्रहरी वृत्त बौद्धमा खोजतलासका लागि निवेदन दिएको थियो । त्यसको दुई दिनपछि उनको शव भेटिएको हो । मृत्यु भएको दुई–तीन दिन भइसकेको हुनसक्ने प्रहरीले जनाएको छ । ‘प्रारम्भिक अनुसन्धानमा हत्या नै भएको देखिन्छ,’ भक्तपुरकी प्रहरी प्रमुख एसपी किरण बज्राचार्यले भनिन्, ‘पोस्टमार्टम रिपोर्ट भने आइसकेको छैन ।’ अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार अन्यत्र हत्या गरेर त्यहाँ फालेकोजस्तो देखिएको छ । युवतीको शरीरमा सामान्य चोटसमेत थियो । सामान्यतया मान्छे नपुग्ने बाँझ झ्याङको खाल्डोमा शव भेटिएको हो । उनको साथबाट मोबाइलसमेत बरामद भएको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments