Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2016-03-03

Gandaki, Lamjung, Sundarbazar, Ward 7

गोरखा जिल्ला आँपपिपल गाविस स्थायी घर भई सुन्दरबजार नपा-४ फूलबारीमा बस्दै आएका ४० वर्षीय रामचन्द्र घर्तीलाई फागुन १९ गते बहुविवाहको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । जेठी पत्नी ३५ वर्षीया जमुना अधिकारीले फागुन १८ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई प्रहरीले गिरफ्तार गरेको हो । २०६८ सालमा विवाह गरेपश्चात आफूसँग राम्रो सम्बन्ध नभएको, हेला गर्ने, समय समयमा शारीरिक एवम् मानसिक यातना दिने गरेपछि तीन वर्षदेखि माईती घरमा बस्दै आएको पीडितको उजुरीमा उल्लेख छ । पीडितको उजुरीका आधारमा घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर नरेशकुमार सिंहले बताए ।

0 Comments