Incident Reports

खोला किनारमा १३ बर्षीय बालिकाको शव

2016-03-03

Province 1, Sunsari, Itahari

 सुनसरी–मोरङको सीमावर्ती नदीको किनार इटहरी क्षेत्रमा बिहीबार एक बालिका मृत भेटिएकी छन्। इटहरी वडा नं. २ की १३ बर्षीया सपना भुजेल मृत अवस्थामा बुढी खोला किनारमा भेटिएकी हुन्। बुधबार राति घरमा अबेरसम्म टिभी हेरेर बसेकी भुजेललाई भोलिपल्ट गाउँलेले खोला किनारमा मृत अवस्थामा भेटाएर प्रहरीलाई खबर गरेका थिए। 'रातभर सपना हराउँदा पनि घर परिवारका सदस्यले खोजी गरेका छैनन,' इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओम अधिकारीले भने, 'हिजो (बिहीबार) घरभन्दा निकै टाढा मृत अवस्थामा भेटिइन्।' सपनाकी आमा पहिला भएका लोग्ने त्यागेर अर्कासँग आएकाले केही संका बढेको भन्दै अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। सपनालाई घर–परिवारका सदस्यले विद्यालयमासमेत पढाउन पठाउँदैनथे। उनी घरको काम गर्ने र राति गाउँमा गएर अरुकै घरमा सुत्ने–बस्ने गर्दा पनि खोजी नगर्ने गरेको प्रहरीको प्रारिम्भक अनुसन्धानबाट खुलेको छ। उनको हत्या वा अन्य कारणले मृत्यु भएको खुल्न सकेको छैन्। पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments