Incident Reports

मानवबेचबिखन घटनाका दोषीलाई १० वर्षकैदको फैसला

2016-03-04

मानवबेचबिखन गरेको आरोपमा जिल्ला अदालतले फागुन १९ गते बराम्ची गाविस-२ की २१ वर्षीया कविता घिमिरेलाई १० वर्षकैद र ५० हजार जरिवानाको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश चिन्तामणि बरालको इजलासले आरोपितले मानवबेचबिखनको गरेको ठहर गर्दै सो फैसला सुनाएको हो । दुई वर्षअघि चौतारा 'एच' को जाहेरीले प्रतिवादी घिमिरेलाई मानवबेचबिखन विरुद्ध उजुरी परेको थियो । मानवबेचबिखन ओसारपसार तथा नियन्त्रण ऐन २०६४ को दफा ३ र सोही ऐनको दफा ४ (२) ख बमोजिमको कसुर अपराध ठहर गरी सोही ऐनको दफा १५ (ङ) (२) बमोजिम फैसला सुनाएको जिल्ला अदालतका श्रेष्तेदार महेन्द्र कार्कीले बताए । त्यसैगरी सोही ऐनको दफा (१७) बमोजिम पीडितलाई पुर्नस्थापना कोषबाट क्षतिपूर्तिस्वरुप २५ हजार भराइदिने फैसला समेत भएको अदालतले जनाएको छ । १७ वर्षीया बालिकालाई दुई वर्षअघि बेचबिखनका लागि लग्दै गरेको आरोपमा सिन्धुपाल्चोकको बन्देउबाट प्रहरीले आरोपित घिमिरेलाई गिरफ्तार गरेको थियो ।

0 Comments