Incident Reports

छोरी बलात्कार अभियोगमा बाबु पक्राउ

2016-03-08

Gandaki, Syangja, Kaligandagi, Ward 4

स्याङ्जाको दक्षिण पश्चिम बिर्घा गाविसकी १० वर्षीया एक बालिका आफ्नै सहोदर बाबुबाट बलात्कृत भएकी छन् । छोरी बलात्कार गरेको भन्दै ३१ वर्षीय तोलाकान्त सुनार प्रहरी नियन्त्रणमा छन् । करिब ६ महिनाअघि आमाले दोश्रो बिहे गरेर गएपछि काका काकीको सरंक्षणमा बस्दै आएकी ती बालिकालाई घरमा लगेर बाबुले बलात्कार गरेको प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए । ‘बाबुको आक्रमणबाट छोरी चिच्चाएको आवाज सुनेपछि छिमेकीले प्रहरीलाई खबर गरे’, स्याङ्जाका निमित्त प्रहरी प्रमुख समेत रहेका चन्द भन्छन्, ‘सुरुमा यौन दुव्र्यवहार भनेर रिपोर्ट लेखाइयो । तर, डाक्टरी रिपोर्टबाट जवरजस्ती करणी भएको पुष्टि भएको छ ।’ आमा अर्कैसँग गएपछि भाइको परिवारले छोरीलाई पाल्न थालेको थियो । ज्यालामजदूरी गर्ने सुनार भने एक्लै घरमा बस्दै आएका थिए । गत शुक्रवार घटना भएपछि फरार सुनारलाई शनिवार पाल्पाबाट पक्राउ गरिएको हो । आइतवार सुनारलाई ६ दिनको म्याद थपी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मुलुकी ऐनको जवरजस्ती करणी महल १ को दफा १ र २ को उपदफा ३ बमोजिम जवरजस्ती करणीमा ८ वर्ष र हाडनाता (सहोदर छोरी) का लागि थप १० वर्ष कैद सजाय र ५० हजार क्षतिपूर्तिको कानूनी व्यवस्था छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments