Incident Reports

धान नाच्ने क्रममा झडप, एक घाइते

2016-03-09

Province 1, Taplejung, Maiwakhola

ताप्लेजुङको साँघु गाविस स्थित एक विवाहमा धान नाच्ने क्रममा भएको विवाद पछिको झडपमा एक युवक घाईते भएका छन् । साँघु नौ निवासी पुर्णबहादुर लिम्बुको छोराको विवाहमा धान नाच्ने क्रममा सोहि गाविस निवासी दुर्गा लिम्बु, मालटिन लिम्बु र दिनेश लिम्बुबीच भएको विवादमा झडप हुँदा दुर्गा लिम्बु घाईते भएका हुन् । दुर्गालाई मालटिन लिम्बु र दिनेश लिम्बुले खुकुरी प्रहार गरेको र उनको बाँयाँ गालामा गहिरो चेट लागेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । घाईते लिम्बुलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याईएको छ भने खुकुरी प्रहार गर्ने दुबै जना फरार रहेकाले खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ । लिम्बु समुदायको विवाहमा महिला र पुरुषबीच हात समाएर धान नाच नाच्ने परम्परा छ । पछिल्लो समय ताप्लेजुङमा लिम्बु समुदायको विवाह र बरखिमा विवाद पछिको झडपका घटना बढेका छन् । धारीलो हतियार खुकुरी र भरुवा बन्दुक प्रहारका घटना पनि बढ्दै गएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports