Incident Reports

वहुविवाह घटनाका आरोपित गिरफ्तार

2016-03-10

Lumbini, Palpa, Rainadevi Chhahara, Ward 4

छहरा गाविस-१ का २३ वर्षीय यादव सुनार र सोही ठाउँकी २१ वर्षीया अनु सुनारलाई फागुन २६ गते वहुविवाहको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । सुनारले माघ २१ गते स्थानीय अनु सुनारसँग दोस्रो विवाह गरेको भन्दै जेठी पत्नी २३ वर्षीया कल्पना सुनारले फागुन २५ गते जिल्ला प्रहरी कार्यालयमा वहुविवाहको उजुरी दिएकी थिइन् । पीडितको उजुरीका आधारमा आरोपितहरूलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सई मोतिबहादुर खड्काले बताए ।

0 Comments