Incident Reports

वहुविवाह घटनाका आरोपितद्वय गिरफ्तार

2016-03-11

Lumbini, Arghakhanchi, Bhumekasthan

Narayan Bhusal खिल्जी गाविस-४ का ३८ वर्षीय गणेश वेल्वासे र सोही ठाउँकी ३५ वर्षीया राधा गैरेलाई फागुन २८ गते वहुविवाहको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । आरोपित गणेशकी जेठी पत्नी ३६ वर्षीय सीता वेल्वासेले पति गणेश र राधाविरुद्ध फागुन २४ गते बहुविवाहको आरोपमा प्रहरीमा उजुरी दिएकी थिइन् । आरोपित दुवै जना तीन वर्षअगाडि घरबाट हिँडे पनि उनीहरूले औपचारिक बिहे नगरे पनि लामो समयदेखि सँगै बस्दै आएकोमा पछिल्लो समय घर आएको अवस्थामा पीडितले दुवैजनाविरुद्ध प्रहरीमा घटनाबारे उजुरी दिएकी थिइन् । उजुरीको आधारमा दुवै जनालाई गिरफ्तारपछि वहुविवाहमा मुद्दा दर्ता गरी अनुसन्धान गरिएको इन्सपेक्टर सुजनराज भण्डारीले जानकारी दिए । नारायण भुसाल

0 Comments