Incident Reports

लोकन्थलीमा छुरा प्रहारबाट एकको मृत्यु एक घाइते

2016-03-13

भक्तपुरको लोकन्थलीस्थित कोठेपुलमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । काठमाडौं महानगरपालिका—३५, पुरानो सिनामंगल पेप्सीकोलास्थित एक खाजा पसलमा झगडा भई भाग्ने क्रममा मध्यपुरथिमी नगरपालिका—१७, लोकन्थली कोठेपुल पुगेका नुवाकोट घर भई सिनामंगल बस्ने १९ वर्षिय विजय लामाको छुरा प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ । सुनसरी घर भई सोही स्थान बस्ने अशोक दाहाल घाइते भएको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायव उपरिक्षक प्रविणलाल श्रेष्ठले बताए । छुरा प्रहारले गम्भिर घाइते भएका लामालाई पुरानाे सिनाम‌ंगलस्थित मदरल्यान्ड अस्पतालमा प्रारम्भिक उपचारपछि शिक्षण अस्पताल, महाराजगन्ज पुर्‍याइए लगत्तै अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । कसले छुरा प्रहार गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Injured 1
National/Online Media

0 Comments

Related Reports