Incident Reports

बालिका बलात्कार गरेको ठहर गर्दै ७ वर्षकैदको फैसला

2016-03-15

Bagmati, Makawanpur, Makawanpurgadhi, Ward 6

 १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको ठहर गर्दै आमभन्ज्याङ गाविस-५ का ६० वर्षीय हस्तबहादुर घोडासैनीलाई जिल्ला अदालत मकवानपुरले ७ वर्षकैद गर्ने फैसला गरेको छ । साथै अदालतले पीडितलाई पीडकबाट १ लाख रुपियाँ क्षतिपुर्ति भराउन पनि आदेश गरेको छ । जिल्ला न्यायाधीश दयाराम ढकालको इजलाशले घोडासैनीले बालिकालाई बलात्कार गरेको ठहर गर्दै ०७२ चैत १ गते उक्त फैसला गरेको हो । घोडासैनीले बालिकालाई ०७२ भदौ ११ गते बलात्कार गरेको भनी उजूरी परेको थियो । बलात्कारपश्चात बालिका गर्भवती भएपछि ०७२ मङ्सिर २३ गते प्रहरीले घोडासैनीलाई गिरफ्तार गरेको थियो । उनी पुर्पक्षका लागि भीमफेदी कारागारमा थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments