Incident Reports

भेडा चराउन गएका युवकमाथि गोली प्रहार

2016-03-17

Karnali, Jumla, Tila

अज्ञात समूहले जुम्लामा भेडा चराउन हिँडेका युवकमाथि गोली प्रहार गरेको छ। जुम्ला मालिकाठाटाँ-४ ढिपु गाउँका २४ वर्षीय जैसिके बोहारामाथि गोली प्रहार भएको हो। गोली प्रहारबाट घाइते बोहोराको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ। बिहीबार बिहान १० बजे खोप्री गाउँमा रहेका काका रतन बोहोराको भेडा लिएर देउकोटा वनमा गएका उनीमाथि गोली प्रहार भएको आफन्तले बताएका छन्। घाइते जैसिकेको बायाँ तिघ्राको दुई ठाँउमा गोली लागेको छ। शिक्षण अस्पतालका डाक्टर मधु चौधरीका अनुसार एउटा गोली छेडेर बाहिर निस्केको र अर्को गोली भित्रै रहनसक्ने अनुमान गरेका छन्। गोली लागेको भाग सुनिएकाले एक्सरे नगर्दासम्म भन्न नसकिने उनले बताए। बुधबार मात्रै उनी आफ्नो गाउँवाट मालिकाठाँटा ९ खोप्रीमा रहेका काकाकोमा पाउनाला गएका थिए। घाइते बोहोराले दुई जना मार्क्स लगाएका व्यक्ति हिँडिरहेको देख्ने वित्तिकै गोली प्रहार भएको सुनाए। उनले भने- गोली प्रहारबाट डेढ घण्टा बेहोस भएको र उनीहरु भागिसकेपछि होसमा आएर काका रतनलाई फोन गरेर जानकारी दिएपछि उद्धार गरिएको थियो। गोली लागेकोबारे जानकारी पाएपछि गाउँले भेडा चराउन लिएको वनमा गएर उद्धार गरेको काका रतनले बताए। प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक विष्णुहरि कोइरालाले गोली हानिएकोबारे अनुसन्धान भइरहेको जानकारी दिए। 'प्रहरी घटनास्थलतर्फ परिचालन गरेका छौं। सत्यतत्य विवरण आइसकेपछि थप जानकारी दिन्छौं,' उनले भने। गोली प्रहार गरिएको स्थान जुम्ला सदरमुकाम खलंगाभन्दा एक दिनको पैदल दूरीमा पर्छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports