Incident Reports

No translation available.

2012-10-03

Binod Pandey

 

बलात्कार आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतको आदेश बाँके । असोज १६ गते

 

कचनापुर गाविस -६ की १७ वर्षीया किशोरीलाई बलात्कार गर्ने आरोप लागेका सोही गाविस हरिहरपुरका रामहर्ष शर्मालाई जिल्ला अदालतले ०६९ असोज १५ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ ।

 

साउन ९ गते गाँउबाट आरोपितकी पत्नी शारदा शर्माले कामको बाहानामा फकाएर नेपालगञ्ज पुर्‍याएको र राति होटलमासँगै बास बसेका थिए ।

 

पति पत्नि दुवैले मदिरा सेवन गरेको र कोठामा बलात्कारको प्रयास गरे पनि सफल नभएपछि बाथरूममा लगेर बलात्कार गरेको कुरा गाँउ फर्केपछि पीडितले आफ्नी माइजुलाई बताएकी थिइन् । पीडित परिवारले प्रहरीमा खबर गरेपछि साउन ११ गते प्रहरीले पीडकलाई गिफ्तार गरेको थियो ।

 

किशोरीले शारदालाई दिदी भन्ने र राम्रो उठबस भएका कारण उनले घुम्न जाने भनेर फकाएर पतिसँगै नेपालगञ्ज ल्याएको खुलेको छ । पत्निलाई भने २१ हजार धरौटी बुझाएर रिहा भएकी छन् । अदालतका श्रेष्तेदार उत्तम थापाले भने ।

0 Comments

Related Reports
Related Trend Analysis