Incident Reports

No translation available.

2012-10-04

Binod Pandey

 

कांग्रेस कार्यकर्तालाई सर्वस्व सहित जन्म कैद बाँके । असोज १७ गते कांग्रेस जिल्ला नेता नरेन्द्रकुमार चौधरी, कैयुम खान र मेघनाथ चौधरीलाई बाँके जिल्ला अदालतले ०६९ असोज १६ गते हत्याको दोषी ठहर गर्दै सर्वस्व सहित जन्म कैदको सजाय सुनाएको छ ।

 

बेतहनी गाविस-३ का एमाले कार्यकर्ता गुलाम हुसेन सल्मानीको ०६६ चैत ३० गते हत्या गरेको अभियोगमा अदालतले सो फैसला गरेको हो ।

 

सोही घटनाका अभियुक्त बेतहनीकै ज्ञानेन्द्रकुमार चौधरी, मुजीबुर रहमान र आशाराम अहिर्रलई जनही तीन वर्षजेल सजाय सुनाएको छ । त्यस्तै सोही ठाउँका ओमप्रकास चौधरी, पतरका नाउ मनोजकुमार चौधरी, गजेन्द्र कैराती र केशरी नाउलाई एक एक वर्षजेल सजाय सुनाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis