Incident Reports

दलित युवतीसँग विवाह गरेको भन्दै परिवार नै सामाजिक बहिष्करणमा

2016-03-21

Bagmati, Ramechhap, Manthali, Ward 2

Nabaraj Pathik मन्थली नपा-७ गैराथोकका अर्जुन आलेमगरले स्थानीय उषा नेपालीसँग विवाह गरेको कारण उनको परिवार नै सामाजिक बहिष्करणमा परेको छ । बहिष्करणमा परेका पीडित परिवारले मृत्यु हुँदा गाउँमा मलामी समेत पाएनन् । मगरले २०६८ सालमा सोही ठाउँकी नेपालीसँग प्रेम विवाह गरेका थिए । कथित माथिल्लो जातकोले दलित समुदायकी युवतीसँग विवाह गरेको भनि गाउँलेहरूले उनलाई गाउँमा बस्नसमेत दिएका छैनन् । उनीहरू विवाह गरेदेखि काठमाडौँ बस्दै आएका छन् । उनीहरूको एक छोरी छन् । उनीहरूले विवाहपछि गाउँमा प्रवेशसमेत पाएका छैनन् । समुदायले उनीहरूको परिवारलाईसमेत सामाजिक बहिष्कार गरेको छ । समाजले बहिष्कार गरेकै कारण अर्जुनकी माइली हजुरआमाको दुई दिनसम्म लाससमेत उठ्न नसकेको पीडित परिवारले जानकारी दिएको छ । ०७२ पुस २७ गते उनकी माहिली हजुर आमाको मृत्यु भयो । दलितको छोरी घरमा भित्र्याएको भन्दै उनको मृत्य भएपछि गाउँका दाजुभाइ लास उठाउनसमेत नआएको मृतकका छोरा अजय आलेमगरले बताए । दुई दिनसम्म लास नउठेपछि दुई दाजुभाइ अजय र बिजयले लास बोके । १०/१५ जना छिमेकीहरू साथमा गएर लासको अन्तिम संस्कार गरेर फर्किएका थिए । उनीहरूको परिवारलाई स्थानीय समाजले सार्वजनिक कार्यमा समेत बहिष्कार गर्दै आएको छ । पीडित परिवारले अन्याय सहिरहेको भए पनि कतै उजुरी समेत गर्न सकेको छैन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals Dalit
Actor 2 - Youth na
INSEC

0 Comments