Incident Reports

बेचिएकी किशोरीको भारतबाट उद्दार

2016-03-22

Sumitra Bhattarai मानव बेचबिखनविरुद्ध काम गरिरहेको शान्ति पुर्नस्थापना केन्द्रले तीनवर्षअघि आफ्नै फुपूबाट बेचिएकी कैलालीकी एक किशोरीको उद्दार गरेको छ । पीडित किशोरी आफ्नै फुपूबाट बेचिएको खबर पाएपछि शान्ति पुर्नस्थापना केन्द्रले देहरादुन पुगेर उद्दार गरेको संस्थाका कार्यक्रम संयोजक वासुदेव भट्टराईले बताए । किशोरीलाई भारतमा काम लगाईदिने भन्दै लाने आरोपित फुपूलाई भने ६ महिना अघि नै प्रहरीले देहरादुनबाटै पक्राउ गरेको संयोजक भट्टराईले जानकारी दिए । नारी निकेतन देहरादुनको सहयोगमा उद्धार गरिएकी किशोरीलाई चैत ९ गते बिहान धनगढी ल्याइएको छ । किशोरीलाई केही दिन संस्थाको आबाधिक गृहमा राखिने र परिवारका सदस्य सम्पर्कमा आएपछि परिवारको जिम्मा लगाईने पनि संयोजक भट्टराईले बताए ।

0 Comments