Incident Reports

बहुविवाह मुद्दा दर्ता

2016-03-22

Madhes, Saptari, Dakneshwori, Ward 6

 पातो गाविस-१ घर भई अष्ट्रेलियामा पढदै गरेकी २५ वर्षीया रीता यादवले पति २८ वर्षीय मनोजकुमार यादव र निजकी कान्छी पत्नी १८ वर्षीया रिङ्कुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमा दिएको बहुविवाहको उजुरी ०७२ चैत ८ गते दर्ता भएको छ । अष्ट्रेलियाको पर्थ वेर्स्र्टनस्थित कर्टिन युनिर्भसिटीमा बसेर पढदै गरेकी पीडितले इमेलमार्फत पठाएको उजुरीलाई मिसिलमा राखी पीडितका बुवा राजकुमार यादवले दिएको उजुरी दर्ता भएको प्रहरी उपरिक्षक भिमप्रसाद ढकालले जानकारी दिए । सुनसरीको पूर्व कुशहा गाविस-१ शिशुवा टोल माइती भएकी पीडित र आरोपित मनोजबीच सामाजिक परम्पराअनुसार मोरङ्को विराटनगर उमनपा-९ स्थित गौरीकुञ्ज अतिथि सदनमा ०६७ जेठ १४ गते विवाह भएको थियो । उनीहरूका चार वर्षीय एक छोरा छन् । बिएस्सी नर्सिङ् उतीर्ण गरेपछि मास्टर डिग्रीका लागि घरपरिवारले पढाउन नमानेपछि माइतीको सहयोगमा पीडित उच्च शिक्षाका लागि ०७२ फागुन ४ गते अष्ट्रेलिया गएकी थिइन् । पीडित अष्ट्रेलिया गएपछि आरोपितले औरही गाविस-९ का शिवनारायण यादवकी छोरी रिङ्कुसँग ०७२ फागुन २८ गते दोस्रो विवाह गरेका थिए । पीडित पक्षबाट उजुरीका साथ दुबै विवाहको तस्विरहरू र दुबै विवाहको निमन्त्रणा कार्ड पेश गरिएको छ ।

0 Comments