Incident Reports

No translation available.

2012-10-11

Nepal

 

KC Lamichhane पर्साको भिखमपुर गाविसस्थित नेपाल राष्ट्रिय माद्यमीक विद्यालयमा सञ्चालित विशेष शिक्षा कार्यक्रममा अनियमितता भएको पाइएको छ । सातजना बहिरा विद्यार्थीहरु अध्ययनरत रहेको तथ्यांक पेश गर्दै विद्यालयका प्रधानाध्यापक दुर्गानन्दलाल दासले झुठो विवरण दिएर विद्यार्थीहरुको छावत्रृत्ति वापतको रकम दुरुपयोग गरेको पाइएको हो । विद्यालयको छात्रवासमा सुन्न सक्ने क्षमता नभएका तीनजना (सुस्त श्रवण ) विद्यार्थीहरु मात्र अध्ययनरत छन् । तर विद्यालयका प्राधानाध्यापकले दुई जना बिद्यार्थी बिरामी भएर घर गएको बताए । जिल्ला शिक्षा कार्यालयबाट ०६९ असोज २४ गते खटिएका विद्यालय निरीक्षक सबनम श्रीवास्तव र श्रोत शिक्षक राजकिशोर प्रसादले विद्यालय अनुगमनका क्रममा छात्रवृत्ति दुरुपयोग गरेको पाइएपछि निरीक्षण पुस्तिकासमेत नियन्त्रणमा लिएका छन् । अनुगमनमा संलग्न श्रीवास्तवले बिद्यालय ब्यवस्थापन समिति र बिद्यालय प्रशासनसंग छलफल गरेर समस्याको निकास खोजीने बताइन । नेपाल सरकारले फरक क्षमता भएका बालबालिकाहरुलाई छात्रवासमा राखेर अध्यापन गराउनका लागी प्रति विद्यार्थी राशन र अन्य खर्चवापत १ हजार ७ सय रुपैयाँ छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis