Incident Reports

हिंसा गर्ने पतिविरूद्ध सम्वन्ध विच्छेदको मुद्दा दर्ता

2016-03-24

Sudurpashchim, Doti, Shikhar, Ward 11

बरपाटा गाविस-१ की २७ वर्षीया राधा बलायरले शारीरिक यातना दिने आफ्ना ३० वर्षीय पति तारा बलायरविरूद्ध चैत ८ गते जिल्ला अदालत डोटीमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी छन् । तीन सन्तानकी आमा राधा बलायर गत वर्षजिल्ला प्रहरी कार्यालय डोटी अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दिएर पछि मिलापत्र गरी फर्किएकी थिइन् । पुनः पति र ससुराले बिनाकारण यातना दिन थालेपछि सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गर्न बाध्य भएको उनले बताइन् । राधाले भनिन्-'सुध्रिएलान् भनेर मैले एक वर्षअगाडि मिलापत्र गरेर घर फर्किएकी हुँ । तर, उनको बानीमा सुधार नआएपछि म वाध्य भएर यस्तो निर्णयमा पुगेकी हुँ ।' पीडितको उजुरीको आधारमा कानुन अनुसार कारबाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC

0 Comments