Incident Reports

६ र ७ बर्षीया दुई बालिका बलात्कार गर्नेलाई बीस वर्ष जेल

2015-08-06

Karnali, Surkhet, Lekbeshi

जिल्ला अदालत, सुर्खेतले दुई नाबालिका बलात्कारमा एक व्यक्तिलाई २० वर्ष ६ महिना कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश कैलाशप्रसाद सुवेदीको एकल इजलासले आइतबार भेरीगंगा नगरपालिकाका दुई बालिकालाई बलात्कार गर्ने २९ वर्षीय वीरबहादुर टमटा (सुनार) लाई २० वर्ष ६ महिना कैदसहित लाख रुपैयाँ जरिवाना फैसला सुनाएको हो । टमटा भेरीगंगा–९ हर्रेका हुन् । 'सात वर्षीया बालिका बलात्कारमा १० वर्ष र ६ वर्षीया बालिका बलात्कारमा १० वर्ष ६ महिना कैद फैसला भएको छ,' श्रेस्तेदार वीरेन्द्र मल्लले भने, 'पीडित दुवैलाई ५०–५० हजार क्षतिपूर्ति दिलाउने फैसला पनि भएको छ ।' गएको साउन १ गते मदिरासेवन गरेर टमटाले ६ र ७ वर्षका दुई बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीले साउन २४ गते टमटालाई पक्राउ गरेर भदौ २ गते जिल्ला अदालतमा पेस गरेको थियो । प्रहरीका अनुसार टमटाले अभिभावक रोपाइँ गर्न गएको मौका छोपेर अभियुक्तले घरमै गई चाउचाउ दिने भन्दै फकाएर दुवैलाई बलात्कार गरेका थिए । बालिका चिच्याउन थालेपछि उनले दुवैको मुख कपडाले थिचेका थिए । घटनाबारे आफन्तले पाँच दिनपछि मात्र थाहा पाएका थिए । 'अस्वाभाविक गतिविधि गर्ने, नियमित बिरामी पर्ने गरेपछि औषधि गराउन अस्पताल लैजाँदा उनीहरुले आफूहरुमाथि भएको अन्यायबारे बताएका थिए,' ६ वर्षीया बालिकाकी आमाले भनिन्, 'हामीले तत्कालै प्रहरीमा उजुरी दियौं ।' प्रहरीका अनुसार अभियुक्त टमटाले घटनाबारे कसैलाई भने स्कुलबाट फर्किने बेला जंगलमै हत्या गर्ने चेतावनी दिएका थिए । घटनापछि फरार रहेका टमटालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
National/Online Media

0 Comments