Incident Reports

सञ्चार उद्यमी सिंघानीया हत्याका मुख्य आरोपी चन्द्रदीप पक्राउ

2016-03-29

Madhes, Dhanusha, Janakpur

संञ्चार उद्यमी अरुण सिंघानीया हत्याको मुख्य योजनाकारको आरोपमा प्रहरीले चन्द्रदीप यादवलाई पक्राउ गरेको छ। भारतको जयनगर बसेर नेपालमा अपराधिक गतिविधि चलाउँदै आएका यादवलाई प्रहरीले गए राती प्रेमीका सहित धनुषाबाट पक्राउ गरेको हो। जनकपुर टुडेका प्रकाशक सिंघानीयाको २०६७ फागुन १७ गते होलीको दिन जनकपुरको शिव चोकमा गोली हानी हत्या भएको थियो। पहिलो संविधान सभा निर्वाचनमा फोरम लोकतन्त्रिकका तर्फबाट धनुषा ६ बाट उनी प्रत्यक्ष तर्फबा उम्मेद्वार समेत थिए। यादव भौतिक योजनामन्त्री विजय गच्छेदार र जनकपुर बम विस्फोटका योजनाकार सञ्जय टक्लाका नजिक मानिन्छन्। जनकपुर बम विस्फोट र सिंघानीया हत्याको अनुसन्धान थाले पछि टक्ला, यादव र अर्का रामविनोद यादवसँगै फरार भएका थिए। टक्ला अहिले डिल्ली बजार कारागारमा छन्। रामविनोद भने अझै फरार छन्। पछिल्लो क्रममा यादवले जनतान्त्रिक टाइगर जनशक्ति पार्टीको नामबाट अपराधिक कार्य गर्दै आएका थिए। उनी त्यसका अध्यक्ष समेत हुन्। यादव माथि माघ २२ मा धनुषामा राजेन्द्र प्रासादको हत्या गरेको आरोप समेत छ। यस्तै धनुषा विरेन्द्र बजारमा नसिद मियाँ र राम सोघारत महतोलाई गोली हानेको आरोप समेत उनलाई छ। फागुन ६ मा उनको पार्टीका सैन्य प्रमुख रामरिझन यादव र कैलाश ठाकुर पक्राउ परेका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth youth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports