Incident Reports

No translation available.

2012-10-17

Ramesh Prasad Timalsina समाचार

नेकपा-माओवादीका कार्यकर्ताद्वारा शिक्षकहरुमाथि कुटपिट

ललितपुर । असोज ३० गते

घुसेल माविका शिक्षकद्वय कुमार प्रधान र गणेशकुमार श्रेष्ठलाई नेकपा-माओवादीका स्थानीय नेता निखिल पाख्रिनको नेतृत्वमा रहेको सात जनाको समूहले २०६९ असोज २९ गते कुटपिट गरेको छ । कुटपिटका कारण गम्भीर घाइते भएका शिक्षकहरुको बीएण्डबी अस्पताल ग्वार्कोमा उपचार भइरहेको छ ।

घुसेलमा डेरा गरी बस्ने पीडितहरुले खानेपानीको बढी प्रयोग गरेको आरोपमा उनीहरुलाईमाओवादीका कार्यकर्ताले लाठी, दाउराको चिर्पटले प्रहार गरिएको गरिएको विद्यालयका प्रधानाध्यापक रविन्द्र सिंहले बताए । घटनाका आरोपितहरु कोही पनि गिरफ्तार नभएको र घटनाबारे बुझ्ने कार्य जारी रहेको चापागाउँ प्रहरी वृत्तले जनाएको छ । रमेशप्रसाद तिमिल्सिना

0 Comments

Related Reports
Related Trend Analysis