Incident Reports

महिलालाई जबरजस्ती करणी गर्ने मुखिया पक्राउ

2016-03-29

Province 1, Sunsari, Ramdhuni, Ward 5

सुनसरी डुम्राहामा मंगलबार राति एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। राति ११ बजे डुम्राहा-४ की एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँका १८ वर्षीय अशोक मुखियालाई प्रहरीले पक्राउ गरेको हो। जबरजस्ती करणी गरेर फरार भएका मुखियालाई पक्रन प्रहरी परिचालन गरिएको थियो। चार दिनअघि १२ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गर्ने रामनगर भुटाहा-५ का ३२ वर्षीय अब्बास लहरी अन्सारी भने फरार छन्। अब्बासको खोजी भइरहेको जानकारी दिइयो। बालिका घाँस काटन खेतमा गएको मौका छोपेर अब्बासले बलात्कार गरेको पीडितका परिवारले प्रहरी कार्यालयमा उजुरी दिएका छन्। एकपछि अर्को जबरजस्ती करणीजस्ता कुर्कत्यका घटना सुनसरीमा हुने क्रम बढ्दो छ। जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्याङ्क हेर्ने हो भने पछिल्लो अढाई महिनाको अवधिमा १४ वटा जबरजस्ती करणीका घटना भएका छन्। चारवटा जबरजस्ती करणी उद्योगका घटना भएका छन्। प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो माघ महिनामा जबरजस्ती करणीका दुई, फागुनमा नौ र चैतको अहिलेसम्म तीनवटा घटना भएका छन्। त्यस्तै, जबरजस्ती करणी उद्योगका घटनामा माघ र फागुनमा दुई-दुईवटा घटना भएका छन्। प्रहरीको तथ्याङ्क हेर्दा भयानक र कहानीलाग्दो बलात्कारको घटनाले महिलाको जीवन नष्ट गरिरहेको छ। डर, त्रास, धाक-धम्की, अनुचित प्रभाव, शरीर बन्धक राखेर वा होस् नभएको अवस्थामा कोही महिलामाथि जबरजस्ती गरिन्छ भने त्यसलाई नै जबरजस्ती करणी मानिन्छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments