Incident Reports

बाल यौन दुराचारी जर्मन नागरिक पक्राउ

2016-03-31

Gandaki, Kaski, Rautamai

RSS बाल यौन दुराचारी एक जर्मन नागरिकलाई पोखराको लेकसाइडस्थित एक होटलबाट आज पक्राउ गरिएको छ । विगत केही महिनादेखि सो होटलमा बस्दै आएका जर्मन नागरिक कर्निलियस स्किलिङ भोन कन्सट्याटले विभिन्न प्रलोभनमा पारी बालकलाई यौन दुराचार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा कारबाही थालेर होटलबाट पीडित बालकको उद्धार गरी अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियुक्तले नेपालमा आई विभिन्न ठाउँमा बालकलाई प्रलोभनमा पारी अनैतिक क्रियाकलापमा संलग्न गराउँदै आएको प्रहरीको भनाइ छ । बाल यौन दुराचार गरेको अभियोगमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ । अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Comments