Incident Reports

भारत लैजाँदै गरिएका १३ नाबालकसहित २४ जना पक्राउ

2016-03-31

Madhes, Mahottari, Mahottari, Ward 9

नेपालबाट भारतमा रोजगारीका लागि जाँदै गरेको १३ नाबालकसहित २४ जनालाई बिहीवार बिहान महोत्तरीको नेपाल भारत सीमामा खटिएका भारतीय सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको छ । नेपालको महोत्तरी, सिरहा र सिन्धुलीबाट भारतमा रोजगारीका लागि जाँदै गरेका २४ जनालाई भारत विहार राज्यको सीतामढीमा अवस्थित ‘चाइल्ड लाइन’ नामक संस्थाले एसएसबीद्वारा पक्राउ गर्न लगाएको हो । भारतीय एसएसबीले पक्राउ गरेका २४ मध्ये ११ जना वयस्क रहेको र उनीहरुले नाबालकलाई बाल श्रम शोषणका लागि लैजाँदै गरेको भन्दै सो संस्थाले ती सबै जनालाई पक्राउ गर्न लगाएको हो । पक्राउ परेकामध्ये दुईजनासँग भारतीय र नेपाली दुवै देशका नागरिकतासमेत रहेको बताउँदै एसएसबीका एक अधिकारीले ती व्यक्तिहरु नाबालकलाई गलत काममा प्रयोग गर्ने उद्देश्यले लैजान लागेकोले पक्राउ गरिएको बताएका छन् । चाईल्ड लाइन संस्थाको अनुरोधमा एसएसबीले पक्राउ गरेका २४ जनालाई संस्थाको अनुरोधमा भारतीय प्रहरीले आज सीतामढीस्थित ‘चाइल्ड कोर्ट’मा उपस्थित गराउने र सो स्थानबाट तिनका अभिभावकलाई बोलाएर नाबालकलाई जिम्मा लगाउने भएको एसएसबीले बताएका छन् । अहिले ती चौबिसैजना एसएसबीकै नियन्त्रणमा रहेको छ । रा

0 Comments