Incident Reports

बहुबिवाहका आरोपित गिरफ्तार

2016-03-30

Lumbini, Gulmi, Isma, Ward 2

आफू घरमा हुँदाहुँदै अर्को बिवाह गरेको भन्दै हस्तिचौर-२ की २८ वर्षीया तुलसी कुँवरले पति २९ वर्षीय मिनबहादुर कुँवरविरूद्ध उजुरी गरेपछि प्रहरीले चैत १४ गते आरोपितलाई गिरफ्तार गरेको छ । आरोपित कुँवरले फागुन ११ गते नवलपरासी कावासोतीकी २८ वर्षीया निरू तामाङसँग अर्को बिवाह गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ । आरोपितलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मकेन्द्रकुमार मिश्रले जानकारी दिएका छन् ।

0 Comments